७.७. संस्थागत व्यवस्था
७.१. देशको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको क्षेत्रमा राष्ट्रिय दृष्टिकोण र नीति अख्तियार गर्न र आवश्यक मार्गदर्शन एवं समन्वय प्रदान गर्न देहाय बमोजिम एक राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदको गठन गरिनेछ । उक्त परिषदको संरचना निम्नानुसार हुनेछः
१. माननीय मन्त्री÷राज्यमन्त्री विज्ञान तथा प्रविधि मन्त्रालय अध्यक्ष
२. माननीय राज्यमन्त्री÷सहायक मन्त्री विज्ञान तथा प्रविधि मन्त्रालय उपाध्यक्ष
३. माननीय सदस्य, राष्ट्रिय योजना आयोग (सम्बन्धित क्षेत्र हेर्ने) सदस्य
४. सचिव, अर्थ मन्त्रालय सदस्य
५. सचिव, कृषि तथा सहकारी मन्त्रालय सदस्य
६. सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सदस्य
७. सचिव, विज्ञान तथा प्रविधि मन्त्रालय सदस्य
८. सचिव, शिक्षा तथा खेलकुद मन्त्रालय सदस्य
९. सचिव, वन तथा भू–संरक्षण मन्त्रालय सदस्य
१०. सचिव, जलस्रोत मन्त्रालय सदस्य
११. सचिव, स्वास्थ्य मन्त्रालय सदस्य
१२. सचिव, जनसंख्या तथा वातावरण मन्त्रालय सदस्य
१३. सचिव, सूचना तथा संचार मन्त्रालय सदस्य
१४. सचिव, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय सदस्य
१५. सचिव संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय सदस्य
१६. सदस्य सचिव सूचना प्रविधि उच्चस्तरीय आयोग सदस्य
१७. उपकुलपति नेपाल राजकिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान सदस्य
१८. उपकुलपति त्रिभुवन विश्वविद्यालय सदस्य
१९. उपकुलपति अन्य विश्वविद्यालयहरूमध्येबाट १ जना सदस्य
२०. सम्बन्धित व्यवसायिक संघ संस्थाहरूमध्येबाट २ जना सदस्य
२१. विशिष्ट वैज्ञानिक एवं प्राविधिकहरूमध्येबाट ४ जना सदस्य
२२. अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ सदस्य
२३. सहसचिव, विज्ञान तथा प्रविधि मन्त्रालय सदस्य सचिव
७.१.१. राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदले मुलुकको विकासमा टेवा पु¥याउनका लागि विज्ञान तथा प्रविधि क्षेत्रको विकास र विस्तारसंग सम्बन्धित नीतिको पुनरावलोकन तथा परिमार्जन गर्ने, विज्ञान तथा प्रविधि क्षेत्रमा भए गरेका कार्यको प्रगति समीक्षा गर्ने एवं आवश्यकतानुसार समस्या समाधानका उपाय पहिल्याउने र परिषदले आवश्यक देखेका अन्य कार्यहरू समेत गर्नेछ ।
७.१.२. परिषदद्वारा निर्दिष्ट मुलभूत नीति अनुरूप आ–आफ्नो क्षेत्रको विज्ञान तथा प्रविधि सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा गरी समन्वयात्मक ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालय र निकायहरूको हुनेछ । यस नीतिलाई कार्यान्वयन गर्न र नीतिको उद्देश्य प्राप्तिको लागि विज्ञान तथा प्रविधि मन्त्रालयले सहजकर्ता, प्रवद्र्धक र निर्णायकको भूमिका निर्वाह गर्नेछ ।
७.१.३. राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदले परिषदको कार्य सञचालनका लागि आवश्यकतानुसार विशेषज्ञहरू समेत रहेको प्राविधिक समितिहरू गठन गर्नेछ । प्राविधिक समितिको संयोजक सम्बन्धित विषयको विशेषज्ञ रहनेछ ।
७.१.४. राष्ट्रिय विज्ञान तथा प्रविधि परिषदले विज्ञान तथा प्रविधि क्षेत्रमा मुलुकभित्र सञ्चालित अनुसन्धान तथा विकास, जनशक्ति विकास, विदेशी निकायहरूसंग सम्पर्क गर्ने जस्ता काममा आवश्यकतानुसार समन्वय तथा अनुगमन गर्नेछ ।
७.१.५. परिषद्को वैठक वर्षको कम्तीमा दुई पटक बस्नेछ ।